अरुण चौधरीको कैद मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अरुण चौधरीको कैद मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा पुग्यो

काठमाडौं, ५ फागुन । निलम्बित सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गरेको फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीको फाइल महान्यायाधिवक्ता कार्यालयको रायको आधारमा गृह मन्त्रालयले कैद मिनाहका लागि मन्त्रिपरिषदमा पठाएको थियो ।

मन्त्रिपरिषदले सो फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो । सांसद चौधरीको कैद माफी मिनाहाको अब अन्तिम निर्णय राष्ट्रपतिबाट हुनेछ । आगामी फागुन ७ गते राष्ट्रपति कार्यालयले प्रजातन्त्र दिवसको अवसरमा केही कैदीहरुलाई माफी मिनाह गर्दैछ ।

१३ वर्ष अघि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका सांसद चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);