सांसद चौधरी जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सांसद चौधरी जेल चलान

काठमाडौं, २० माघ । बिहीबार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । सांसद चौधरीलाई प्रहरीले आज जिल्ला अदालत कैलालीमा बुुझाए लगत्तै कैदी पुर्जी बुझेर कारागार चलान गरिएको हो ।

१३ वर्ष अघि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका सांसद चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।
बिहीबार काठमाडौं जान लागेका चौधरीलाई बाँके प्रहरीले कोहलपुरबाट पक्राउ गरेको थियो । उनलाई नेपालगन्जबाट विमान हुँदै काठमाडौं ल्याएर हिजौ नै काठमाडौंबाट धनगढी लगिएको थियो । सांसदसँगै पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पनि कैलाली पुगेकी थिइन् ।

चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);