अरुण चौधरीलाई बयानका लागि आज अदालत पेश गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अरुण चौधरीलाई बयानका लागि आज अदालत पेश गरिदै

काठमाडौं, ३ फागुन । निलम्बित सांसद अरुणकुमार चौधरीलाई आज बयानका लागि अदालतमा पेस गरिने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिने भएको हो । न्यायाधीश देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज चौधरीलाई बयानका लागि अदालतमा उपस्थित हुन आदेश जारी गरिएको हो । उनले अदालतबाटै भिडियोमार्फत बयान दिनेछन् ।

चौधरी माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्पे्रेषण परमादेश र २७ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । १३ वर्ष अघि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका सांसद चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।

चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);