टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पुर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पुर्पक्षका लागि जेल चलान

रेशम चौधरी

कैलाली, १४ फागुन । टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि सर्वोच्च अदालतले सपथ नखुवाउन आदेश दिएपछि चौधरी आत्मसमर्पणाका लागि अदालत पुगेका थिए । कैलाली जिल्ला अदालतमा आत्मसमर्पणका लागि पुगेका चौधरीलाई न्यायाधीस परशुराम भट्टराईको एकल इजलासले ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

२०७२ सालको भदौको पहिलो साता टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या गरिएको थियो । घटनाका मुख्य योजनाकार मानिएका चौधरी अदालतमा मुद्दा परेपछि फरार रहेका थिए ।

चौधरी फरार रहेकै अवस्थामा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले विजयी भएका थिए ।

चौधरीले चुनाव जितेको प्रमाणपत्र भने पाएका छैनन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी जेलमा रहेकामा रेशम चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । कैलाली घटनामा दोषी भनिएकामध्ये ३० जना अझै फरार छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);