न्यायको पर्खाइमा गंगामाया अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

न्यायको पर्खाइमा गंगामाया अधिकारी

ganga maya adhikari

फूलमाया आले
काठमाडौं, ४ चैत । एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको कैलालीको टीकापुर घटनाको मुख्य आरोपी रेशम चौधरीलाई गृहमन्त्री रामबाहादुर थापाले नै जुस खुवाएर अनशन तोडाए । फरार रहेकै अवस्थामा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी जेलमै अनसन बसेका थिए । अभियुक्त चौधरीलाई गृहमन्त्री स्वयमले जुस पिलाउँदै गर्दा छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनमा बस्नुभएको गंगामाया अधिकारी भने न्यायको भीख मागिरहेकी थिइन् ।

थारुहट आन्दोलनका क्रममा विक्रम संवत् २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहति ८ प्रहरीको निर्ममतापूर्वक हत्या भयो । घटना लगत्तै मुख्य अभियुक्त भनिएका रेशम चौधरी फरार भए । त्यतीबेला चौधरी थारुहट आन्दोलको क्षेत्र नम्बर १ का संयोजक थिए । प्रहरीको खोजी सूचीमा रहेका चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बन्दै कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचितसमेत भए । तर, निर्वाचन आयोगले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र दिन मानेन् र उनको तर्फबाट सर्वोच्चमा मुद्दा पनि दर्ता भयो ।

अदालतले पनि आफैं उपस्थित हुनुपर्ने फैसालको केही समयपछि चौधरीले प्रहरीसमक्ष आत्मसमर्पण गरे । र, उनलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो । जेलमै रहेको अवस्थामा चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सांसदमा सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राख्दै अनसन सुरु गरेका थिए ।

स्वास्थ अवस्था विग्रदै गएपछि उपचारका लागि काठमाडौं ल्याइएका उनै चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले वीर अस्पतालमा पुगी जुस खुवाएर अनशन तोडाए । साथै सरकारले मुद्दा फिर्ता र अदालती प्रक्रिया बाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धतासमेत जनायो ।

चौधरीलाई गृहमन्त्रीले जुस खुवाँदै गर्दा तत्कालिन नेकपा माओवादीले २०६१ जेठ २४ गते हत्या गरेको छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी भने सोही अस्पतालको क्याबिन नम्बर ७ बाट न्यायको भीख मागिरहेकी थिइन् । अधिकारीको मागलाई उपेक्षा गरेको सरकारले चौधरीको मागमा भने लचकता देखाएको छ ।

अनसनकै क्रममा उनका श्रीमान नन्दबहादुर अधिकारीको मृत्यु भइसकेको छ । २०७१ असोज ६ गते निधन भएको अधिकारीको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ । तर, पनि अधिकारी न्यायको पर्खाइमा छिन् ।

इतिहासको कठोर र निर्मम हत्याको साक्षी पनि बस्ने र त्यसलाई टुलुटुलु हेरिमात्र रहने सरकार, कथित मानवअधिकारकर्मी, नागरिक समाज र तिनका अगुवा गगांमाया अधिकारीको पक्षमा आठे भाषणमा मात्र सिमित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);