विकासका लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विकासका लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

yubraj khatibada

ललिपुर, ४ चैत । अर्थ मन्त्री डाक्टर युवराज खतिवाडाले विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार ललिपुरमा आयोजित ललित व्यापार मेला समापन कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार स्वदेशी उत्पादनलाई बढवा दिँदै साना तथा घरेलु उद्योगको प्रबद्र्धन गर्ने पक्षमा रहेको बताए । उनले देशको सम्बृद्धिको लागि नीजि क्षेत्रको सहयोग आवश्यक रहने बताए ।

ललितपुर उद्योग वाणिज्य संघ ५१ बर्षमा प्रवेश गरेको अवसरमा ओयोजित मेलामा १ करोड ५० लाख बराबरको कारोबार भएको आयोजकको भनाइ छ । मेलामा धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित खेलौना, सजावटका सामाग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामाग्रीलगायतका स्टल राखिएको थियो ।

साथै संघले मेलाको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभाग मार्फत संघको स्वर्ण जयन्ती लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैयाँको साधारण सिक्का पनि निष्कासन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);