अन्तर्राष्ट्रिय बित्त निगमले नेपालमा ९० अर्व लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अन्तर्राष्ट्रिय बित्त निगमले नेपालमा ९० अर्व लगानी गर्ने

काठमाडौं, ३० कात्तिक । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अरव रुपैयाँ लगानी गर्ने भएको छ । आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिव ९० अरव रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने पनि स्पष्ट पारिन् ।

आईएफसीको सो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको पनि बताइन् ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);