नेपालमा लगानी बढाउन विश्व बैँकलाई अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा लगानी बढाउन विश्व बैँकलाई अर्थमन्त्रीको आग्रह

yubraj khatiwoda

काठमाडौं, २४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बैँकलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले न्यूयोर्कस्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गरेका हुन् ।

उनले नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै विकास साझेदार संस्थाहरुबीच सहकार्य गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे । अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक सूचकांक हालसम्मकै सबैभन्दा बढि अनुकूल रहेको उल्लेख गर्दै नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउने आश्वासन दिलाए ।

कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरुले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);