नेपालमा व्यापार घाटा बढ्दै : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

नेपालमा व्यापार घाटा बढ्दै : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे । उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने बताए ।

विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तर्राष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले दक्षिण एशियामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने बताए ।

अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढ्दै गएको उल्लेख गरिएको छ ।