पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्य तीब्र गतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्य तीब्र गतिमा

सुवास पौडेल
पोखरा, २७ मंसिर । पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामले तिव्रता पाएको छ । आन्तरिक तयारीका लागि भन्दै लामो समय उपलब्धी बिहिन बनेको यस विमानस्थलको निर्माण कार्यले गति लिएपछि निर्धारित समयमै सम्पन्न हुने आशा जागेको छ ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । हाल संचालनमा रहेको आन्तरिक विमानस्थललाई नै विस्तार गरी अन्तर्राष्ट्रिय बनाइन लागेको हो । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्ट २०१७ बाट यो विमानस्थल निर्माण सुरु गरेको हो ।

सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा बन्न लागेको विमानस्थल साढे १६ महिनापछि गत साउन १८ देखि निर्माणको काम सुरु भएको हो ।

विशेष गरि अहिले टर्मिनल टावर, धावन मार्ग, जहाज पार्किङ, जहाज मर्मत केन्द्र र यात्रुहरु भित्रीने बाहिरिने भवन निर्माणले तिब्र गति पाएको छ । आयोजना संयोजक उज्वल कोइरालाका अनुसार अहिले सम्म २० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

अन्तर्राष्ट्रिय उड्डयनका लागि आईकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

लगभग २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा ६० मिटर चौडाइ रहने छ । जहाँ यात्रु क्षमता २ सयसम्म हुनेछ । नयाँ प्रबिधि अनुसार बनेको यस बिमानस्थलको धावनमार्गमा कालोपत्रे नगरि ढलान गर्न लागिएको कोइरालाको भनाई छ । अहिले दैनिक ९ घन्टाका दरले २ सय भन्दा बढी चीनियाँ कामदारहरु खटिएका छन् ।

गुणस्तरलाई ध्यानमा राखेर चिनियाँ कम्पनीसंग सहकार्य गरि कामलाई गुणस्तर बनाइएको इन्जिनियरहरुको दावी छ । विना कुनै अवरोध अहिलेकै रफ्तारमा काम भए सन् २०२१ पछि पोखरामा पनि अन्तर्राष्ट्रिय जहाज बस्नेछन् र पोखरा सहित पश्चिम क्षेत्रको पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);