पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण ६३ प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण ६३ प्रतिशत सम्पन्न

पाेखरा,३१ भदाै । निर्माणाधिन पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ । सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएपनि कोरोना भाइरस संक्रमणका कारण केही समस्या हुने देखिएको छ ।

यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ। विमानस्थलको रन वे, एप्रोन,पाइपलाइन, लगायतका कामहरु सकिएका विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लकडाउनका कारण चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेको थिएन ।

लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको आयोजनाले जनाएको छ । विमानस्थलमा निर्माणमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);