उखु किसानलाई दर्ता हुन एक महिना म्याद थप | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

उखु किसानलाई दर्ता हुन एक महिना म्याद थप

sugarcane

काठमाडौं, ३१ भदौ । सरकारी अनुदान पाउन उखु किसानको रुपमा दर्ता हुन सरकारले एक महिनाको म्याद थप गरेको छ । कोरोना भाइरस महामारीको कारण उखु किसानले दर्ता हुन समस्या भएको भन्दै दर्ता हुने समयसीमा बढाउन माग गर्दै आएका थिए ।

सरकारी अनुदान पाउन उखु किसानले स्थानीय तहमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था छ । उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार दर्ताका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक महिना दर्ता अवधि थप गरिएको जनाएको छ ।

Leave a Reply