अनुदानको नपाएको भन्दै किसानले गरे राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनुदानको नपाएको भन्दै किसानले गरे राजमार्ग अवरुद्ध

ukhu-rajmarga abaruddha

शम्भु माली
कपिलवस्तु, २० भदौ । सरकारबाट पाउने दुई करोड पचास लाख रकम अनुदान नपाएको भन्दै कपिलवस्तुका किसानले राजमार्ग अवरुद्ध गरेका छन् ।

कपिलवस्तु किसान संघको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा राजमार्ग बन्द गरिएको हो । सडक ठप्प हुँदा सवारी साधन चल्न सकेका छैनन् । ५ बर्ष बितिसक्दा पनि सरकारले उखु प्रबद्र्धन बापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमा किसानहरुले चक्काजाम गरेका हुन् ।

कपिलवस्तुमा उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका छन् । जिल्लाको चन्द्रौटामा पूर्व पश्चिम राजमार्ग अबरुद्व हुँदा सवारी साधन ठप्प भएका छन् । सरकारले आर्थिक बर्ष ०७१/०७२ मा उखु किसानहरुलाई प्रति क्विन्टल २५ रुपैयाँका दरले दिने भनेको अनुदान रकम कपिलवस्तुका किसानहरुलाई हालसम्म उपलब्ध नगराएकोले उखु किसान अन्दोलित भएका हुन् ।

कपिलवस्तुका उखु किसानहरुले सरकारले दिने भनेको अनुदान रकम ५ बर्ष वित्दा समेत पाएका छैनन् । कहिले सभा, कहिले अन्दोलन त कहिले अनसन लगायतका विभिन्न विरोधका कार्यक्रम गरे पनि उखु किसान सदैव पीडित हुँदै आएका छन् । विभिन्न समयमा आन्दोलन गरेर सरकारको ध्यानार्कषण गर्दै आए पनि सरकारले आश्वसन मात्रै दिएकाले किसानहरुले बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीयको भनाई छ ।

कपिलवस्तुका उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम २ करोड ४८ लाख २३ हजार ९ सय रुपैँया हालसम्म पाउन सकेका छैनन् । जिल्लाका ७ हजार उखु कृषकले अनुदानको रकम पाउन सकेको छैन । अन्य जिल्लाका उखु किसानले सोही आर्थिक बर्षमा नै अनुदान वापतको रकम पाएको भए पनि कपिलवस्तुका किसानले ५ बर्ष वित्दा पनि अनुदानको रकम पाएका छैनन् ।

अनुदान रकमका लागि सरकारलाई पटकपटक ध्यानाकार्षण गराए पनि मागको सम्बोधन नगरेको उखु कृषक संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनुभयो ।

सरकारले आर्थिक बर्ष ०७१/०७२ मा उखु किसानहरुलाई प्रति क्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने भनेर निणर्य ग¥यो तर कपिलवस्तुका कृषकहरुले पाएका छैनन् । कपिलवस्तुका उखु किसानले जिल्लामा रहेको महालक्ष्मी सुगर्स मिल्सलाई आफ्नो उखु विक्रि गरेका थिए ।

नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालक बीच सोहि समयमा विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४ सय ६१ रुपैँया दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४ सय ३६ मात्र दिएका थिए ।

सरकारले २५ रुपैयाँ उखुँ किसानलाई अनुदान दिने भनेको थियो । सरकारले दिने अनुदान वापतको रकम समयमा नै नदिदाँ किसानहरु हरेक बर्ष जसो आन्दोलित हुँदै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);