संझौता अवधि सकिदासम्म उखु किसानले चीनि मिलबाट सबै भुक्तानी पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संझौता अवधि सकिदासम्म उखु किसानले चीनि मिलबाट सबै भुक्तानी पाएनन्

काठमाडाैं, ६ माघ । चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद सोमबार सकिएको छ । तर सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।

केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको किसानको भनाई छ । सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

२१ दिनभित्र किसानले दाबी गरेको बक्यौता भुक्तानी गर्ने सहमतिपछि गत पुस १३ गते किसानहरु मंसिर २८ गतेबाट काठमाडौमा शुरु आन्दोलन स्थगित गरेर घर फर्किएका थिए । २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने किसान र उद्योग मन्त्रालयबीच मौखिक सहमति पनि भएको थियो ।

सम्झौता बमोजिम रकम नपाएको गुनासो किसानले गरिरहँदा गृह मन्त्रालयले भने भुक्तानी सन्तोषजनक रहेको दाबी गरेको छ । सोमबार साँझसम्म गृहमन्त्रालयमा प्राप्त विवरण अनुसार कुल बक्यौताको झण्डै ७३ प्रतिशत रकम किसानको खातामा पठाइएको मन्त्रालयले जनाएको छ । चार उद्योगबाट ७० करोड ५८ लाख बक्यौता रहेकोमा ५१ करोड ३८ लाख रुपैयाँ किसानको खातामा पठाइएको मन्त्रालयको दाबी छ । १९ करोड २० लाख भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयको भनई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);