रिटमाथि आजपनि सर्वाेच्च अदालतमा सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रिटमाथि आजपनि सर्वाेच्च अदालतमा सुनुवाई हुँदै

Sarbocha adalat

काठमाडाैं, ६ माघ । प्रतिनिधि सभा विघटनबिरुद्ध परेका रिटमाथि आज पनि सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ । प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाईको क्रममा सोमबार रिट निवेदककातर्फबाट अधिवक्ताहरू दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।

बहसको क्रममा अधिवक्ता पोखरेलले संविधानको धारा ७६ (७) ले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गर्नुभयो । पार्टी भित्रको विवाद मिलाउन नसकेर प्रतिनिधि सभा भंग गरेको भन्दै अधिवक्ता पोखरेलले सरकार चलाउन नसक्नेले राजीनामा दिनुपर्ने भनाई राख्नुभयो ।

त्यस्तै रिट निवेदको तर्फबाट नै बहस गर्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले निर्वाचनमा जाने जनताको मनस्थिति नभएको बताउनुभएको थियो । संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएकाले ताजा जनादेशका लागि विघटन गरिएको भनेर पन्छिन नमिल्ने उहाँको भनाइ थियो ।

साथै उहाँले नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीको एकल निर्णयमा प्रतिनिधिसभा विघटन हुन नसक्ने दाबी गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहसका लागि हालसम्म ३ सय ६३ जना कानुन व्यवसायीहरुले वकालतनामा पेश गरेका छन् ।

गत पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सरकारको सिफारिसलाई सदर गर्नुभएको थियो । सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);