ओली निकट अनेरास्ववियूको भेला तथा प्रशिक्षण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ओली निकट अनेरास्ववियूको भेला तथा प्रशिक्षण सम्पन्न

सुमन गाहा, पाल्पा, ६ माघ । नेकपाका दुई समूहले छुट्टाछुट्टै भेला र बैठक गरेपछि त्यसको प्रभाव विद्यार्थी संगठनमा समेत परेको छ । शनिबार मात्र प्रचण्ड माधव नेपाल समूह निकट अनेरास्ववियूले विद्यार्थीको भेला गरेको थियो ।

सोमबार भने केपी ओली निकट अनेरास्ववियूले विद्यार्थीको भेला तथा प्रशिक्षण गरेको छ । भेलालाई सम्बोधन गर्नुहुँदै अनेरास्ववियू नेता तथा नेकपा केन्द्रिय सदस्य रश्मी आचार्यले अहिलेको राजनैतिक अवस्थाका विषयमा विद्यार्थीले सबैभन्दा धेरै बुझ्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू नै मूल धारको नेतृत्व भएको दावी गर्दै अन्यौलतामा नबस्न आग्रह गर्नुभयो ।

नेता आचार्यले नेपाल प्रचण्ड समूहले अराजकता फैलाएको भन्दै नेता आचार्यले नेकपाको मूल धारका विरुद्ध लाग्ने समुहमा राजनैतिक संस्कार नदेखिएको बताउनुभयो ।भेलामा नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण आचार्यले नेपालको कम्यूनिष्ट आन्दोलनलाई माधव प्रचण्ड समुहले तुहाउने प्रयास गरेको बताउनुभयो । नेता आचार्यले नेकपा नेतृत्वको सरकारलाई आफ्नै पार्टी भित्रका नेताहरुले काम गर्न नदिएर अप्ठेरो पारेको बताउनुभयो ।

छलफलबाटै समाधान हुने विषयलाई अविस्वासको प्रस्ताव लगेर परिस्थिति भड्काउने काममा प्रचण्ड नेपाल लागेको आचार्यले जिकिर गर्नुभयो । नेकपा केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे, विद्यार्थी ईन्चार्ज रामजी पोखरेल, केन्द्रिय विद्यार्थी नेताहरु सुदर्शन सिवाकोटी, सुजन भट्टराई, टिका बहादुर थापा, प्रेम बगाले, सदिक्षा ढकाल लगायतले धारणा राख्नुभयो ।

भेलाले हिरामणी पराजुलीको संयोजकत्वमा जिल्ला कमिटीको बनाएको छ । राधाकृष्ण दंगालको संचालनमा कार्यक्रम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);