बेरोजगारीका कारण मानव बेचविखन बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बेरोजगारीका कारण मानव बेचविखन बढ्दो

काठमाडौं, २० भदौ । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावलले बेरोजगारीका कारण मानव बेचविखन तथा ओसारपसारले डरलाग्दो रुप लिएको बताउनु भएको छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा भएकोे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आर्थिक रुपले विपन्न तथा अशिक्षित व्यक्तिहरु तस्करीमा लाग्ने गरेको बताउनुभयो ।

बालबालिका ओसार पसार गर्न सहज हुने हुँदा बालबालिकाहरु बढी मात्रामा यसको शिकार हुने गरेकोे बताउँदै रावलले बेचविखनलाई न्युनिकरण गर्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले महिला सशक्तिकरण आवश्यक रहेको भन्दै भरतपुरलार्ई आउँदो वर्षसम्ममा मानव बेचबिखन तथा ओसारपसार मुक्त महानगर बनाउने गरी काम भईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित पीडित महिलाहरुले भने राज्यको निरिहताका कारण मानव तस्करीलाई रोक्न बनेका कानुनलाई कार्यन्वयन गर्न जरुरी रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);