नेपालमा मानव बेचबिखनको संख्या बढदै गएको प्रहरीको तथ्यांक | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपालमा मानव बेचबिखनको संख्या बढदै गएको प्रहरीको तथ्यांक

manab bechbikhan

फूलमाया आले
काठमाडौं, २० भदौ । मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस बुधबार मनाइएको छ । नेपालमा पछिल्लो समय मानव बेचविखनको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यस्तै बेचविखनको घटनामा ९० प्रतिशत महिलाहरु परेका छन् । बेचविखनका बढ्दो घटनालाई नियन्त्रण गर्न नेपाल प्रहरीले छुटै ब्युरो समेत व्यवस्था गरेको छ ।

यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा मानव बेचविखन विरुद्धको दिवस मनाउन शुरु गरिएको हो । उक्त सन्धि सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित गरिएको थियो । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।

कानुनले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था गरेको छ । पछिल्लो समय मानव बेचविखनका घट्ना बढ्दै गएकोले त्यसको नियन्त्रण तथा न्युनीकरणका लागि नेपाल प्रहरीले अन्तराष्ट्रिय रुपमा नै समन्वय गर्दै ५८ जनाको टोलीको ब्युरो गठन गरेको छ । उक्त ब्युरोको नाम मानव बेचविखन नियन्त्रण ब्युरो रहेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले नेपालमा पछिल्लो समय मानव बेचविखनको संख्या बढ्दै गएको देखाएको छ । त्यस्तै नेपालमा मानव बेचविखनमा महिला तथा बालबालिका बढी पीडित भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

लैङगिक विभेदका कारण महिलाहरु बेचिन बाध्य भएकोले न्युनिकरणकालागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

बाहिर खाडी मुलुक लगायत अन्य देशमा नेपालबाट रोजगारीका लागि भन्दै लगिने तर त्यहाँ पुगेपछि बेचिन पुगेका छन् । बाहिरी मुलुकमा महिलाहरु यौन तथा श्रम शोषणका लागि बेचबिखनमा पर्ने गरेका छन् । नेपालमा शिक्षा तथा जनचेतनाको कमी, गरिबी, रोजगारीको अभाव, खुल्ला सीमाना जस्ता मुख्य कारण मानव बेचबिखन बढेको पाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);