नेपाल–भारत खुला सिमा दुरुपयोग हुन नदिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल–भारत खुला सिमा दुरुपयोग हुन नदिन माग

buddhi

काठमाडौं, २० भदौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुला सिमा दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन् । सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा चरम दुरुपयोग भएको स्मरण गराउँदै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

बुधबार ललितपुरमा आयोजित ‘खुला सिमानाः अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुला सीमाकै कारण दुई देशबीच अपराधिक गतिविधिमा वृद्धि भएको उनले बताए ।

सीमाविद् श्रेष्ठले आतंककारी गतिविधि गर्नेहरुलाई निष्तेज पार्न पनि सरकारले खुला सीमाको दुरुपयोग हुन नदिने व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए ।

सीमाविद्हरुले खुला सीमालाई अवसरभन्दा चुनौतिको रुपमा लिएर सोही अनुसारको काम, कार्वाहीलाई अघि बढाउन नेपाल–भारत दुवै पक्षबीच विस्तृत छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);