Our Network

कार्तिक १ २०७८, सोमबार

बन्द रहेको नेपाल भारत सिमा खुलाउने सरकारको निर्णय (भिडियाेसहित)

काठमाडाैं । सरकारले सिमा क्षेत्र खोल्ने निर्णय गरेसँग नेपालमा कोरोना संक्रमण बढ्ने बारे चिन्ता बढेको छ । केहि समयदेखि पर्साका व्यापारिहरुले भारतीयहरुको आगमन हुने वातावरण मिलाउन भन्दै सरकारसँग माग गरिरहेका थिए ।

त्यहि माग सम्बोधन गर्न सरकारले एक तर्फी रुपमा भारतीय आगमन सहज बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । तर भारतले भने नेपालीहरुको आवत जावत सहज गराउने संकेत समेत देखाएको छैन । दुई देशका अधिकारीहरु बसेर छलफल गरि दुबै देशको हित हुने निर्णय गर्नु पर्नेमा सरकारले निहित समूहको स्वार्थ पुरा गर्न सिमा सम्बन्धि विद्यमान व्यवस्था नै परिवर्तन गरेको छ ।

अहिले सीमावर्ती क्षेत्रमा नेपाल र भारत दुवैतर्फ सवारीसाधन र मानिसहरुको आवतजावत सामान्य अबस्थामा छैन। विश्वका विभिन्न देशहरुले अहिले पनि कडा लकडाउन जारी राखेका छन। भारत अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममा छ। भारत सरकारको अनेक सेटिङले भारत रेड जोनबाट हटिसकेको छ।

तुलनात्मक रुपमा नेपालमा कोरोना संक्रमण दर कम छ तर अहिले पनि कोरोना संक्रमणको हिसावले नेपाल रेड जोनमा नै छ। यहि वेला भारतीय पर्यटक भित्रयाउनु प¥या भन्दै पर्साका होटेल व्यवसायीहरुले सरकारसँग गरेको आग्रह सम्बोधन भएको छ।

वीरगञ्जका व्यवसायीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर नै सिमा क्षेत्रमा भारतीयहरुको निर्वाध आगमन हुन प¥यो भन्दै आग्रह गरेका थिए। पर्साका व्यापारिहरुको हारगुहार लगत्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको छ। यो निर्णयले सरकार पुन विवादमा तानिएको छ।

भारतले नेपालीहरुलाई निर्वाध रुपमा आफ्नो देश आउन रोक लगाएको छ। उसले नेपालीहरुको आगमन खुकुल बनाउने संकेत पनि देखाएको छैन। तर हाम्रो सरकारले विना कुनै आधार भारतीयहरुको आगमन खुकुलो बनाउने गरि सिमा क्षेत्र खोल्ने निर्णय गरेको छ। भारतले नेपालमा आफ्नो स्वार्थ पुरा गर्न राजनीतिक दलका नेता देखि विभिन्न समूहलाई प्रयोग गर्दै आएको छ।

त्यसको परिणाम स्वरुप सरकारले आफ्नो देश र नागरिकहरुलाई खोजिममा राख्ने गरि एक तर्फी निर्णय गर्ने गरेको छ। देशको कुटनीतिक क्षेत्र बलियो हुन्थ्यो भने दुई देशका अधिकारी बसेर दुबै देशको हितमा हुने गरि सिमा क्षेत्रबारे निर्ण गरिनु पदृत्यो तर भारत परस्त मानसिकता बोकेकाहरुले जहिले पनि उनीहरुको इच्छा मुताविक नेपालको नियम कानुनमा नै परिवर्तन ल्याउने गरेका छन।

जसको उपज हो हचुवाको भरमा सिमा क्षेत्र खोल्ने सरकारको निर्णय। भारतमा पनि नेपालीहरुलाई लक्षित गरेर सिमा क्षेत्रमा विभिन्न बजार खोलिएका छन। त्यहाको व्यापार व्यवसाय पनि चौपट भएको छ। तर भारतीयहरुले नेपालीहरुलाई निर्वाध रुपमा आउन दिन प¥यो भन्दै न मन्त्रीलाई भेटेका छन न मुख्य मन्त्री र प्रधानमन्त्रीलाई। तर उनीहरुले परिचालित गरेका समुहले नेपालमा भारतीय विना ठूलै आपत विपत आउन लाग्यो भन्दै प्रधानमन्त्रीलाई भेटेर निर्णय गराउन सफल भएका छन। यसै बाट प्रष्ट हुन्छ हाम्रो राज्यको कुटनीतिक क्षमता र कुशलता।


भूराजनीतिक विषयलाई लिएर देशभित्र चर्को बहस भइरहेका वेला वीरगञ्जका व्यवसायीहरुको माग रातारात सम्बोधन भएको देख्दा सरकारको नियतमाथि प्रश्न उठेको छ। नेपाल सरकारले विभिन्न देशमा अध्यन र कामको सिलसिलामा गएका लाखौ नागरिक आफ्नो गन्त्यव्यमा जान नपाएर स्वदेशमा अलपत्र परेको विषयमा पहल गर्न सिक्नो भाच्न सकेको छैन।

तर अचानक सिमा क्षेत्र खुल्ला गरेर छिमेकीहरुको स्वार्थ पुरा गर्ने बाटो भने खोलेको छ। त्यसले नेपालमा पार्ने असरको बारेमा राज्य गम्भिर हुन नसकेको बारे जनचासो बढेको छ। भखरै मात्र अन्यायमा परेका नागरिकहरु नेपालगन्जबाट पाँच दिन पैदल हिडेर सरकार खोज्न सिहदरबार पुगेका छन। सरकारले नागरिकहरुको पीडा सम्बोधन गर्न सकेको छैन। तर भारतीयहरको नेपालका होटलमा आउने चाहाना भने सहजै पुरा गरेको छ। खुल्लम खुल्ला रुपमा भारतीयहरुको आगमनकै लागि व्यवसायीहरुले पेश गरेको दलिल सम्बोधन भएको छ।

सबैलाई थाहा छ नेपालको विकासको बाधक भारतीय आयात हो। केहि समयदेखि सो आयात कमजोर बन्दै थियो। देशभित्र उत्पादन बढिरहेको थियो। कोरोनाको वाहाना भए पनि नेपाली उत्पादनले बजार पाइरहेको थियो। तर नेपाल सरकारले नै भारतीय दबाबमा आएर पटक पटक आयात निर्यात नीति नै परिवर्तन गर्ने गरेको छ। नेपालसग मात्र होइन भारतसँग सिमा जोडिएका हरुेक राष्ट्रहरुमाथि भारतको ज्यादति छ।

भर्खरै मात्र बंगलादेशले भारतसँगको विवादको विषयमा संयुक्तराष्ट्रसंघमा कुरा राखेको छ। भारत चिन सिमा क्षेत्रमा त दुई देशका सुरक्षाकर्मीहरुबीच लडाइ नै हुने गरेको छ। भारत पाकिस्तान सिमा क्षेत्रको तनाव अहिल उत्कर्षमा छ। भारत भुटान सम्बन्ध पनि समान सम्बन्ध छैन। यस्तो अबस्थामा भारतले नेपाल भारत सिमा क्षेत्रबाट हरेक प्रकारले फाइदा उठाउन खोजेको छ। दुर्भाग्य के भने, छिमेकीको त्यो उदेश्य पुरा गर्ने हाम्रै नेता नेताहरु छन। यहि विभिषण प्रवृतिका कारण नेपालले अहिले सम्म विकासको लय समात्न सकेको छैन।

Leave a Reply