भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै नेपालका आउने नाकामा कडाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै नेपालका आउने नाकामा कडाइ

झापा, २२ चैत । छिमेकी मुलुक भारत लगायका देशमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै नेपालका आउने नाकाहरुमा कडाइ गर्न थालिएको छ । सरकारको निर्देशनमा स्थानीय प्रशासनले झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुने आवतजावतमा थप कडाइ सुरु गरेको हो ।

पुर्वि नाका काँकडभिट्टा हुँदै भारतबाट नेपाल फर्कने र भारत जाने सर्वसाधारणको आवगमनमा कडाई गरिएको छ । दैनिक २ हजार बढि सर्वसाधारण आवतजावत गर्ने यो नाकामा ज्वरो जाँच गर्ने, मास्क लगाए नलगाएको जाँच गर्ने लगायतका कार्य गर्दै थप कडाई गर्न थालिएको हो ।

गत चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि अहिलेसम्म सिमानाका नखुलाइए पनि सर्वसाधरणका लागि आवतजावतलाई सहज बनाइएको थियो । तर, भारतमा कोरोना जोखिम बढेसँगै नाकामा कडाई गर्न थालिएको हो ।

नेपाल आउनेको नाम टिपेर मात्रै नेपाल भित्रन दिने गरिएको छ । पहिले काँकडभिट्टा नाकामा भारतबाट आएकालाई राख्न होल्डिङ सेन्टर राखिएको थियो । तर, अहिले हटाइएको छ । झापामा १ सय ४२ किलोमिटर क्षेत्र भारतसँग सिमा जोडिएको छ । कोरोना महामारी सुरु हुँदा गत वर्ष सिमानामा कडाई गरिएको थियो । तर, अहिले सिमानाका प्रहरी आफ्नो कार्यस्थलमा फर्किसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);