सप्तरीको सिमा सुरक्षामा कडाई गरेसँगै भारतीय बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीको सिमा सुरक्षामा कडाई गरेसँगै भारतीय बजार सुनसान

सप्तरी, २४ चैत । कोरोना संक्रमण बढेसंगै नेपाल भारत सिमाक्षेत्रमा गरिएको कडाईका कारण नेपालीहरुको जाने क्रम घटेसँगै सप्तरीको सिमा क्षेत्रमा पर्ने भारतीय बजार सुनसान भएको छ ।

कोशी गाउँपालिकासँगै सिमावर्ती क्षेत्र भान्टाबारी हुँदै भारतीय बजार भिमनगर जानेहरुको संख्या निकै कम भएको छ । बिगतमा दैनिक सयौँ नेपालीको भिड लाग्ने ति बजारहरुमा यतिबेला बिरलै नेपालीहरु आउने गरेको भारतीय व्यापारी बताउँछन् ।

पछिल्लो केही महिना यता सिमा केही खुकुलो भएपनि यातायात आवत जावतमा कडाइ गरिएको छ । मुख्य नाकामा कडाई भएसँगै केही व्यापारी लुकीछिपी आवत जावत गर्ने गरेको पाईन्छ । नेपालमा भन्दा तुलनात्मक रुपमा दैनिक उपभोग्य सामग्री सस्तोमा पाइने हूँदा नेपालीहरु भारतीय बजार जाने गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);