तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते

कैलाली, २४ चैत । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सोमबार साँझ ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भाला र पेस्तोलसहित आएका तस्कर समूहले प्रहरीमाथि आक्रमण गर्न थालेसँगै प्रहरीबाटसमेत जवाफि फायरिङ भएको बताइएको छ । उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ ।

गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको कैलाली प्रहरीले जनाएको छ घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);