संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

goli

संखुवासभा, १६ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका स्थित सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

प्रहरी र चन्दका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली नियमित गस्तीका लागि हेयाङ्ला पुगेको थियो ।

गस्ती टोलीलाई देखेपछि चन्दका कार्यकर्ताले फायर खोलेको जनाइएको छ । प्रहरीले जवाफी फायरिङ गरेपछि चन्दका कार्यकर्ता भागेका बताइएको छ । घटनास्थल पैदल यात्रामा जिल्ला सदरमुकामबाट १० घण्टा टाढा रहेको रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);