स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको गुनासो

काठमाडौं, १६ असार । विज्ञहरुले ‘सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको दावी गरेको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा स्थानीय विकास मन्त्रालयका पूर्व सचिव खेमराज नेपालले संघीय सरकारले विनियोजन गरेको उक्त कोषले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले कामै गर्न नदिएको दावी गर्नुभयो ।

पूर्व सचिव नेपालले संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारलाई काम गर्ने वातावरण समेत बन्न नसकेको बताउनुभयो । उहाँले सामाजिक विकासको क्षेत्रमा स्थानीय सरकारहरुले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीय सरकारको हस्तक्षेपकारी भूमिकाका कारण स्थानीय सरकारले संविधान बमोजिम आफ्नो कामलाई अघि बढाउन नसकेको दावी गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);