कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, गोली चल्दा एक भारतीय नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, गोली चल्दा एक भारतीय नागरिकको मृत्यु

कञ्चनपुर, २१ फागुन। कञ्चनपुरमा प्रहरी र तस्करबीचको दोहोरो भिडन्तमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–७ मा तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन् ।

तस्करले फायरिङ गर्न थालेपछि जवाफी करावाहीमा एकजना तस्करको ज्यान गएको प्रहरीले जनाएको छ । दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एक जना घाइते भएको र बाँकी तस्कर भने फारार भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अम्मल बहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षीय गोबिन्दा सिंह रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । एक जना प्रहरीको पनि खुट्टामा चोट लागेको छ । प्रहरीले घटना स्थलबाट लागु औषधसहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ । यस सम्बन्धि थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);