प्रहरी र तस्करबीच झडप, सहायक निरीक्षक सहित ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रहरी र तस्करबीच झडप, सहायक निरीक्षक सहित ४ घाइते

parsa jhadap

अनुप तिवारी
बारा, ३ पौष
। पर्साको पाडेपुर पिडारी नाकामा तस्कर र प्रहरी बीच झडप हुदाँ एक जना प्रहरी सहायक निरीक्षक सहित ४ जना घाइते भएका छन् । मंगलवार विहान ४ बजे जगरनाथपुर गाँउपालिकाको–१, पाडेपुरका केही तस्करहरु ग्यालेनमा पेट्रोलियम पदार्थ बोकेर भारत तर्फ चोरी निकासी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

पर्साको पाडेपुर पिडारी नाकामा तस्कर र प्रहरी बीच मंगलवार झडप हुँदा ४ जना प्रहरी घाइते भएका छन् । बिहान ४ बजे जगरनाथपुर गाँउपालिकाको–१ पाडेपुरको केही तस्करहरु ग्यालेनमा पेट्रोलियम पदार्थ बोकेर भारत तर्फ चोरी निकासी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा दोहोरो भिडन्त भएको हो ।

तस्करहरुको आक्रमणमा परी प्रहरी साहयक निरीक्षक किशुनदेव यादव, हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी घाइते छन् । घाइते मध्ये प्रहरी जवान अर्जुन चौधरीको स्थिती गम्भिर छ । घाइते प्रहरीहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पार्साको ओरिया खोला किनारमा प्रहरीले तस्करहरुलाई रोक्दा एक्कासी तस्करको समुह प्रहरी माथी जाई लागेको पाडेपुर प्रहरीले जनाएको छ । थप बलका लागि पाडेपुर प्रहरी चौकीबाट घटना स्थल जादै गर्दा तस्कर समुहले आक्रमण गरेको घाइते प्रहरीको भनाई छ ।

भिडन्तमा अर्जुन चौधरीले बोकेको थ्री नट थ्रीको एक थान राइफल समेत तस्करले लुटेर लगेका छन् । स्थानीयले तस्करहरुलाई संरक्षण गरेको र प्रहरीलाईनै नियंत्रणमा लिएर कुटपिट गरेको यस्तो घट्ना भएको प्रहरीको भनाई छ ।

नेपालमा भारतभन्दा पेट्रोल १३ रुँपैया र डिजेल १८ रुँपैयाँ सस्तो भएको कारण सीमावर्ती नेपाली पम्मबाट अहिले राती तथा विहान हुस्सु लागेको कारण त्यसको मौका छोपी पेट्रोलियम पदार्थ भारत तस्कर गर्नेको संख्यामा बृद्धि भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);