सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप, दुई प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप, दुई प्रहरी घाइते

नितेश कर्ण

वीरगञ्ज, ३० माघ । वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप हुँदा दुई प्रहरी घाईते भएका छन् । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरीरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको हो ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा न. १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरीरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको झडपमा दुई सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ ।

ओरिया खोलाको नेपाली भुमी भएपनि भारतीय पक्षले आफ्नो भुमी भन्दै दावी गर्दै आएको छ । साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयविच झडप तथा विवाद हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);