बालुवा झिकेको खाल्डोमा मृत्यु भएकाको शव परिवारले बुझे, २५/२५ लाख राहत दिने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बालुवा झिकेको खाल्डोमा मृत्यु भएकाको शव परिवारले बुझे, २५/२५ लाख राहत दिने सहमति

baluwa utkhanan

काठमाडौं, २९ साउन । ककनी गाउँपालिका १ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परी मृत्यु भएका परिवारलाई २५/२५ लाख राहत दिइने सहमति भएको छ ।

मंगलबार अपराह्न मृतकका परिवार, स्थानीय तहका पदाधिकारी, डोजर मालिक, जग्गावाला मिलेर प्रतिमृतक २५/२५ लाख रकम दिने भएपछि शव उठेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । हाललाई १ लाख दिने र बाँकी रकम ३५ दिनभित्र दिने सहमति छ । सहमति अनुसार डोजर साहु धादिङका रामकृष्ण रेग्मीले ३३ लाख रुपैयाँ, बालुवा ठेकेदार मोहनकृष्ण श्रेष्ठ बलामीले ११ लाख, बालुवा डम्पिङ गर्ने जग्गा धनी राजेन्द्र बलामीले ६ लाख रुपैयाँ व्यहोर्ने छन् ।

सोमबार साँझ ककनी गाउँपालिका १ ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रुपमा बालुवा झिकिएको खाल्डोमा नुहाउन गएका स्थानीय १३ वर्षीया बिनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिका ३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु थियो । बलामीलाई बचाउन जाँदा तामाङको समेत मृत्यु भएपछि आक्रोशित आफन्तले क्षतिपूर्ति माग गर्दै शव उठाउन दिएका थिएनन् ।

शवको पोस्टमार्टम गर्न काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मंगलबार बिहानदेखि उक्त क्षेत्रमा तनाव उत्पन्न भएपछि सदरमुकाम विदुर, ककनी र काठमाडौंबाट नेपाल प्रहरी र सशस्त्र खटाइएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);