प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना

jhapa

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् ।

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ ।

१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको हो । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । थप २० बिघा जमिन प्राप्त गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ । सघन सहरी विकास मन्त्रालयले करिब ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको हो । यसको ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । ५ बिघा क्षेत्रफलमा निर्माण हुने ७२ मिटर अग्लो १८ तले भ्यु टावरमा २८ मिटर स्टिल टावर रहने जनाइएको छ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । प्रधानमन्त्री ओलीले ०७३ जेठ २८ गते टावर शिलान्यास गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);