परिवार भेट्न दुबई बोलाउँछन् खाडीमा कार्यरत घरेलु कामदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

परिवार भेट्न दुबई बोलाउँछन् खाडीमा कार्यरत घरेलु कामदार

dhaka to dubai

काठमाडौं, २९ साउन । ८ वर्षदेखि लेवनानमा कार्यरत पर्वतकी श्रेया थापाले १२ वर्षीय छोरा र १० वर्षीया छोरीलाई गतसाता दुबईमा बोलाइन् । श्रेयाका भाइ दुबईमै काम गर्थे । उनैले दिदी श्रेया र भान्जाभान्जीको भिसा मिलाइदिए ।

श्रेयालाई स्वदेश फिर्न घरमालिकले रोकेका थिएनन् । बिदामा फर्केर पुनः लेवनान जान नपाउने भएपछि उनले भाइको सहयोगमा छोराछोरीलाई दुबई झिकाएकी हुन् । ‘५ वर्षयता छोराछोरालाई भेट्न पाएकी थिइनँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘नेपाल खुलेपछि बिदामा जान्छु भन्दाभन्दै तीन वर्ष बित्यो । छोराछोरी पनि निकै तडपिन थाले ।’

उनले माइतीमै राखेर छोराछोरीलाई पढाइरहेकी छन् । आफूले पाउने मासिक ६० हजार रुपैयाँ नियमितजसो आमालाई पठाइरहेकी छन् । ‘एक दशकमा कमाएको पैसाले कुष्मा बजारमा जग्गा लिएकी छु । घरमालिक र उनका परिवारले पनि छोरीजस्तै राम्रो व्यवहार गर्ने भएकाले छाडेर जान मन छैन,’ उनले भनिन्, ‘नेपाल गएर फेरि फर्किन नपाइने भएकाले नगएकी हुँ ।’

छोराछोरी र आफू दुबईमा भेट्दा झन्डै दुई लाख रुपैयाँ सकिएको उनले बताइन् । ‘आफ्नो घरमै जानुपरेको भए यत्रो खर्च हुँदैनथ्यो, नेपाल जान पाए आफूलाई पनि केही दिन आनन्द लाग्थ्यो,’ उनले भनिन्, ‘कहिलेसम्म छोराछोरीदेखि टाढा भइरहने ? उनीहरू फोनमा रमाउन छाडे । कुराकानी नै हुन छोड्यो । नभेट्दा झन् टाढा हुँदै गएको जस्तो लाग्न थाल्यो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);