नुवाकोटमा बालुवा उत्खननमा परि दुई महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नुवाकोटमा बालुवा उत्खननमा परि दुई महिलाको मृत्यु

baluwa utkhanan

नुवाकोट, २८ साउन । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ कोल्पुखोलामा बालुवा उत्खनन गर्न गएको दुई महिलाको खाल्डोमा परि मृत्यु भएको छ ।

मृत्यु हुनेमा ककनी गाउँपालिकाको कागती गाउँकी बिनिता बलामी र सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङ रहेको ककनी गाउँपालिकाले जनाएको छ । कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खननको क्रममा बनाइएको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । खाल्डोमा जमेको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामीकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन जाँदा उनीहरुको ज्यान गएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता लामाले बताउनु भयो ।

खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् । अवैध रुपमा खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन गरि खाल्टो खन्ने कार्यको विरोध गर्दै यस्ता अवैध गतिविधि तत्काल बन्द गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);