लाईफलाइन अस्पतालले मापदण्ड विपरित फोहोर परिसरभित्रै जलाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

लाईफलाइन अस्पतालले मापदण्ड विपरित फोहोर परिसरभित्रै जलाउँदै

lifeline hospital

सुरेन्द्र भण्डारी

झापा, २८ साउन ।  झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले मापदण्ड विपरित अस्पतालबाट निस्किएको फोहोर अस्पताल परिसरमै जलाउने गरेको पाइएको छ । पटकपटक निवेदन दिएर त्यसरी फोहर नजलाउन अनुरोध गरेपनि अस्पतालले वास्ता नगरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नती मापदण्ड सम्वन्धी निर्देशिका–२०७० का अनुसार अस्पतालबाट निस्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहोरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्टयाउने, संकलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । त्यस्तै फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहोरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनु पर्ने व्यवस्था भएपनि झापाको लाइफलाइन अस्पतालले अस्पतालबाट निस्किएको फोहोर अस्पताल परिसर मै जलाउने गरेको पाइएको छ । यसरी फोहर जलाउँदा आफुहरुको स्वास्थ्यमा नकरात्मक असर पर्छ भन्दै स्थानीयहरुले पटकपटक निवेदन दिए पनि अस्पतालले नटेरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

अस्पतालबाट सृजित संक्रमणजन्य फोहोरलाई नि–संक्रमण गरेर अन्तिम व्यवस्थापन गर्नु पर्ने हुन्छ । तर, दमक – १० मा रहेको एक सय शैयाको सो अस्पतालले अस्पतालबाट निस्किएको सवै फोहोर जलाउने गरेकाले वालवालिका विरामी पर्न थालेपछि स्थानीयले आवाज उठाएका हुन् ।

स्वास्थ्य संस्था स्थापना , सञ्चालन तथा स्तारोन्नति मापदण्ड सम्वन्धी निर्देशिका – २०७० ले फोहरको सेग्रिगेशन, कलेक्सन, ट्रान्सपोर्टेशन, ट्रिटमेन्ट र अन्तिम बिसर्जन छुट्टै योजना तयार गरी उपयुक्त प्रविधिबाट फोहर व्यवस्थापन गर्नु पर्नेहुन्छ । अस्पतालले आफ्नै खाली जमिनलाई डम्पिङसाइड बनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर मुक्तिनाथ भट्टराईले आफूहरुले नियतबस यस्तो नगरेको कर्मचारीहरुबाट अन्जानमा भएको भन्दै पन्छिनु भएको छ ।

निर्देशिका अनुसार, स्वास्थ्य संस्थाबाट उत्पादन तथा निष्कासन हुने सामान्य प्रकृतिका फोहोरमैला तथा स्वास्थ्य संस्था जन्य हानिकारक फोहोरमैलालाई प्रशोधित तथा निर्मलीकरण गर्नुपर्छ । प्रशोधित फोहोरमैला समेतलाई स्थानीय निकायले सम्वन्धित स्वास्थ्य संस्थासंग सेवा शुल्क लिई विर्सजनको व्यवस्था मिलाउन सक्छ । स्वास्थ्य संस्थाजन्य संक्रमित फोहोर पूर्ण रुपमा निर्मलीकरण भए नभएको मान्यताप्राप्त प्रयोगशालाबाट जाँच गराई प्रमाणित गराउनु पर्ने हुन्छ । तर,दमकमा रहेको लाइफलाईन अस्पतालले निर्देशिकामा उल्लेखित कुनै पनि कुरा पालना नगरेको पाइएको छ । फोहोरलाई उचित व्यवस्थापन नगर्दा रोगको संक्रमण फैलिएर पुनः सोही अस्पताल भर्ना हुनुपर्ने अवस्था सृजना भएका स्थानीय बासिन्दा आक्रोशित भइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);