शिक्षण अस्पतालमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

शिक्षण अस्पतालमा आगलागी

aaglagi

काठमाडौं, २८ साउन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको माथिल्लो तलामा आगलागी भएको छ ।

माथिल्लो तलामा रहेको नर्सिङ प्रशासन प्रमुख विन्देश्वरी गुरुङको कार्यकक्षबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीबाट सो तलामा रहेको प्रशासनकक्ष जलेर नस्ट भएको छ । सोमबार साँझ अचानक आगलागी भएपछि सुरक्षागार्डलगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए । पछि चारओटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी भएपछि अस्पतालमा भागदौड मच्चिएको थियो । तर, मानवीय क्षति भने भएको छैन । आगोलागीको कारण खुलिसकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);