जुम्लामा आगलागीमा परी तेस्रो तलामा सुतेकी बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०७९, शुक्रबार

जुम्लामा आगलागीमा परी तेस्रो तलामा सुतेकी बालिकाको मृत्यु

काठमाडौं, २४ माघ । जुम्लामा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका–१ मा आगलागीमा परेर १५ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकै छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो । तीनतले घरमा भण्डारीका सासु, श्रीमतीसहित ७ जना सुतेका थिए । दोस्रो तलामा सुतेका सबै भाग्न सफल भएभने बालिका तेस्रो तलमा सुतेकी हुनाले बाहिर निस्कन सकिनन् ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको छ । मृतक बालिकाको शव पोस्टमार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्याइएको छ ।

Leave a Reply