रामेछापमा आगलागीमा परी दम्पतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामेछापमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ति स्थित एक घरमा राती एक्कासि आगो लाग्दा कोठामा सुतिरहेका ७८ वर्षीय धनबहादुर कार्की र उनकाे श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरको अर्को कोठामा सुतेका माइला छोरा मनोहर कार्की झ्यालको ग्रिल फोरेर हाम फालेका थिए ।

मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई भने सकुशल उद्दार गरिएको छ । घटना के कारणले भयो भनेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);