श्रीमानलार्इ कोठामा थुनेर आगो लगाई हत्या गर्ने श्रीमती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीमानलार्इ कोठामा थुनेर आगो लगाई हत्या गर्ने श्रीमती पक्राउ

भक्तपुर, ७ कात्तिक । श्रीमानलार्इ कोठामा थुनेर आगो लगाई  हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले गीता नाम गरेकी महिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगोमा जलेर मृत्यु भएको थियो ।

कान्छी श्रीमती माइत गएको मौकामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा नेपालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।

आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा थुनेर आगो लगाई फरार भएको प्रहरी जनाएको छ ।

फरार भएकी अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरी वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);