श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ

कपिलवस्तु । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ । मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए । 

छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);