जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या

death body

दोलखा, १७ माघ ।  श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् ।

उक्त अभियोगमा गत पुस २० गते पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।

प्र्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);