अझै भेटिएन खोलाले बगाएको नगरप्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अझै भेटिएन खोलाले बगाएको नगरप्रहरी

सोलुखुम्बु । दुई सातादेखि खोलामा बेपत्ता सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीको अवस्था अझै अज्ञात छ । ८ भदौमा  वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएका नगर प्रहरी दावा तेन्जी शेर्पाको अवस्था अझै अज्ञात रहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखे उनी फेला पर्न परेका छैनन् । 

८ भदौ मंगलबार दिउँसो सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जान हिँडेका थिए । 

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडा नम्बर २ का वडाअध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);