नाडाद्वारा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नाडाद्वारा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो ।

नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने लगायतको जनचेतनामूलक काममा सहभागी भईएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

अभियानमा हर्न निषेध, ट्राफिक नियम पालना गरौँ लगायतको स्टिकर सवारी साधनमा टाँसिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले मास्क लगाउनकालागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाइरहेको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाउन र अनिवार्य रुपमा मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);