धुवाँ उडाउँदै गुड्ने ४ सय ५० सवारी साधन कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धुवाँ उडाउँदै गुड्ने ४ सय ५० सवारी साधन कारबाहीमा

काठमाडौँ, २२ कात्तिक । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ उडाउँदै गुड्ने सवारी साधनमाथि कारबाही थालेको छ । ट्राफिक प्रहरीले धेरै मात्रामा धुवाँ उडाउने पुराना सवारी साधनलाई कारबाही गर्न शुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नभएका आठ र बढी धुवाँ फाल्ने १२५ सवारीसाधन छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौँ निर्माणका लागि यस्तो अभियान चालिएको बताए । प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सञ्चालन गरिएको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);