बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको पुन: निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको पुन: निर्देशन

काठमाण्डौँ, २२ कार्तिक । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराएका हुन् । निर्वाचनमा बालबालिकाहरुको प्रयोग भईरहेको गुनासो बढ्दै गईरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोग निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शिर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि स्मरण गराए ।

प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गरे । उनले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिका प्रयोग नगर्न अभियाननै संचालन गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनेगरी विद्यालय र त्यसका अभिभावकसँग सम्बन्धित संघ संस्थासंग विभिन्न अभियान संचालन गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्वाचन आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);