शनिबार दिनभर नै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध गरिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

शनिबार दिनभर नै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध गरिने

चितवन, २२ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिन भर बन्द हुने भएको छ। सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार बन्द हुने भएको हो । सडक दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म जम्मा ७ घण्टाका लागि अवरुद्ध हुने बताइएको छ।

खेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको जिल्ला कार्यलयले जानकारी दिएको हो।