नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो खस्दा आज बिहानैदेखि अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो खस्दा आज बिहानैदेखि अवरूद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो खस्दा आज बिहानैदेखि अवरूद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।

सेती दोभानमा पहिरो खसेको र पहिरो जाने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । उक्त पहिरो हटाउन आज बिहानै देखि २ वटा जेसिबी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँ जसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।

पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);