नारायणगढ–मुग्लिन सडकखण्ड पहिराेका कारण पुनःअवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराेका कारण पुनःअवरुद्ध

नारायणगढ,७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनःठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर मंगलबार दिउँसोबाट एकतर्फी खुलाइएको थियो तर राति पुनः अर्को पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन अहिले सुरु गरिएको तर पहिरो ठूलो भएकोले समय लाग्ने बताइएको छ ।

ताजा समाचार