पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको भएपनि लगातारको वर्षाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारी साधनहरु बीच बाटो मै अलपत्र परेका छन् ।

केही दिन यताको लगातारको वर्षाका कारण यस सडक खण्डमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध भईरहेको छ । यसअघि शुक्रबार राति खसेको पहिरो शनिबार पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);