रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन

सर्लाही । सर्लाहीस्थित रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको ७० वर्षको उमेरमा निधन भएको छ ।

गाउँपालिका अध्यक्ष बर्माको काठमाडौंको मेडिसिटी हस्पिटलमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

रामनगर वडा नं. १ का स्थायी बासिन्दा गापा अध्यक्ष बर्मा लामो समयदेखि क्षयरोगले पीडित थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि गएको १४ गते मेडिसिटीमा भर्ना गरिएको गापा अध्यक्ष बर्माको शनिबार राति उपचारको क्रममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् । उनको शवलाई आज घर ल्याइ हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने जनाएको छ ।

बर्मा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार बाबुलाल रायलाई पराजित गरी नेपाली काँग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);