रुखबाट लडेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

रुखबाट लडेर एकको मृत्यु

सर्लाही, २६ चैत । सर्लाहीको धनकौलमा रुख काट्ने क्रममा एक कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार,धनकौल गाउँपालिका २ स्थित बिजय गुप्ताको खेतमा रहेको सपेताको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

रामनगर गाउँपालिका १ खैर्वा बस्ने रिबन सहनीको छोरा बर्ष २५ का प्रवेश सहनी रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर घाईते भएको र उपचरको लागि जुगल किशोर अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुवरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);