जुम्लामा रुखबाट लडेर महिलाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जुम्लामा रुखबाट लडेर महिलाको ज्यान गयो

जुम्ला । जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको हो ।

मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते हुनुभएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);